चिरख्वा हाइड्रोपावरको ३० लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिँदै


चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार ७०० कित्ता शेयरको लकइन अवधि आगामी कात्तिक १४ गते सकिने भएको छ।

प्रचलित व्यवस्था अनुसार कुनै पनि कम्पनीको आइपिओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक शेयर धनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयका लागि छुट्टाइएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। शेयरको लकइन अवधि कात्तिक १४ गते समाप्त हुने जानकारी दिएको हो।

हाल लकइनमा रहेको शेयरमध्ये संस्थापक समूहको २८ लाख कित्ता, कर्मचारीको १६ हजार कित्ता र आयोजना प्रभावित स्थानीयको २ लाख ४ हजार ७०० कित्ता रहेको छ।

प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आइपिओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक शेयर धनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयका लागि छुट्टाइएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x