धितोपत्र बजारमा ३.०७ अङ्कको गिरावट, नेप्से २७६९.०९ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले घटेर २७६९ दशमलव ०९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ६४ अङ्कले घटेर ४७१ दशमलव ८३ को विन्दुमा पुगेको छ ।

आज कूल ३३२ कम्पनीहरूका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर रु. १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ मा खरिद बिक्री भए भने, कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ९ उपसमूहहरू ओरालो लागेका छन् र बाकी ४ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह २ दशमलव ३६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ३ दशमलव ७८ अङ्कले, वित्त उपसमूह १२ दशमलव १४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ५९ अङ्कले, जीवन बिमा उपसमूह ७१ दशमलव ८६ अङ्कले, लघुवित्त उपसमूह २५ दशमलव ५४ अङ्कले, निर्जीवन बिमा १९ दशमलव ३३ अङ्कले, अन्य उपसमूह १२ दशमलव ३५ अङ्कले र ट्रेडिङ उपसमूह ४ दशमलव ७८ अङ्कले घटेका छन् । यता, होटेल तथा पर्यटन उपसमूह १२७ दशमलव ६८ अङ्कले, जलविद्युत उपसमूह ११ दशमलव ०४ अङ्कले, उत्पादन उपसमूह ३८ दशमलव ९४ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव १६ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x