हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक समूहको हकप्रद शेयर लिलामी मार्फत बिक्रीका लागि खुला



हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर माघ २२ (आज) देखि लिलामी मार्फत बिक्रीका लागि खुला भएको छ।

कम्पनीले भदौ २० गतेदेखि असोज ०४ गतेसम्म कम्पनीको संस्थापक समूहको  २ करोड ३२ लाख ०४ हजार ४९५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। उक्त शेयरको आवेदन माग गरिएकोमा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता वितरण हुन नसकेको कम्पनीले जनाएको छ।

लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने जनाएको छ। उक्त हकप्रद शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरू वा योग्य जो कोही व्यक्ति तथा सङ्गठित संस्थाहरूले फाल्गुन ०८ गते सम्ममा बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि ग्लोबल आइएमई बैङ्क लिमिटेडका शाखा कार्यलयहरू क्रमशः उपत्यका भित्र: शंखमुल-नयाँ बानेश्वर, काठमाडौँ र  उपत्यका बाहिर: बिर्तामोड, झापा; हनुमानदास रोड, विराटनगर, मोरङ; जनकपुरधाम, धनुषा; आर्दशनगर, वीरगन्ज, पर्सा; हेटौँडा, मकवानपुर; नारायणगढ, चितवन; न्यूराेड, पोखरा, कास्की; मिलनचाेक, बुटवल, रुपन्देही; वाग्लुङ्ग बजार, वाग्लुङ्ग; त्रिभुवन चोक, नेपालगन्ज, बाँके; वीरेन्द्रनगर, सुर्खेत; घोराही, दाङ; धनगढी, कैलाली र महेन्द्रनगर, कञ्चनपुर शाखा कार्यालयहरूबाट आवेदन पेस गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x