युनिक नेपाल लघुवित्तको खुद ब्याज आम्दानीमा ७३.२२ प्रतिशतको वृद्धि

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७७.९४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ७१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिक नेपाल लघुवित्तले २ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले ८४ करोड ८५ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २७ करोड १ लाख रुपैयाँ रहेको छ ।

युनिक नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७३.२२ प्रतिशतले बढेर १२ करोड २५ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ १७ पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x