निर्धन उत्थान लघुवित्तको नाफा ३ करोड २५ लाख

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ८३.८८ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
२ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको निर्धन उत्थान लघुवित्तले २६ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तले ५ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ र सञ्चित मुनाफा ७८ करोड ९७ लाख  रुपैयाँ रहेको छ ।
 
निर्धन उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.९६ प्रतिशतले घटेर ४८ करोड ७६ हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.१४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ९३८ को आधारमा मूल्य आम्दानी अनुपात १५८.१७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x