साना किसान विकास लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १६.७४ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ६९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ८१ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तले १ अर्ब ८५ करोड निक्षेप सङ्कलन गरी ६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तको जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

साना किसान विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २३.९६ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.६१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५९ रुपैयाँ ३९ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८७१.२० को आधारमा मूल्य आम्दानी अनुपात २१.४१ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x