मुक्तिनाथ विकास बैंक १७ औँ वर्षमा प्रवेश गरेसँगै, विभिन्न कार्यक्रमहरूको आयोजना र अभियानहरूको सुरुवात

जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराका साथ मिति २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पौष १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । साे अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको केन्द्रीय कार्यालयबाटै औपचारिक रूपमा समुद्घाटन गरेको छ । उक्त समारोहको समुद्घाटन गर्दै १७ औँ वर्षको सहयात्रामा साथ दिनुहुने शेयरधनीहरु, ग्राहकमहानुभावहरु, नियामक निकायहरू, कर्मचारीहरू तथा शुभचिन्तकहरूलाई बैंकका अध्यक्ष भरत राज ढकालले धन्यवाद दिनुभएको थियो ।

साथै, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अभियानहरू सञ्चालनमा ल्याएको बताउनु भयो । साे अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम  गरी १७४ युनिट रगत सङ्कलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरू मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, वृद्धा, अनाथ तथा बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरूमा आत्मनिर्भरता बढाउन “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरू गरेको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू, संस्थापक शेयर धनी, तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरू साथै अन्य  कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको साे बैंकले जनाएकाे छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x