एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको हो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ६७ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड १४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यससँगै जीवन बीमा कोषको आकार १२.३९ प्रतिशतले बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.१५ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२ रुपैयाँ २९ पैसा कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस ११ रुपैयाँ ६२ पैसा थियो। कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३५.४७ गुणा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ।
