भारतीय लगानीको निर्जीवन बीमक, ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ।
इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती, नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्ला र वरिष्ठ विभागीय प्रबन्धक मान बहादुर ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार सहयोग राशी बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।
अर्थ मन्त्रालयमा गरिएको चेक हस्तान्तरणका क्रममा प्रमुख कार्यकारी अधिकृत चक्रवर्तीले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा योगदान गर्न पाउँदा गर्व अनुभूति भएको बताउनुभयो । उहाँले विगतका वर्षहरूमा पनि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको राहत कोषमा योगदान दिँदै आएको जानकारी दिनुभयो।
कम्पनीले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक पूर्वाधार पुनः निर्माणका लागि २०८२ पुसमा सरकारी कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको थियो । साथै १८ आश्विन २०८१ मा प्रधानमन्त्री विपद् राहत कोषमा कम्पनीले १५ लाख रूपैयाँ, २०८२ फागुनमा जाजरकोट भूकम्प पीडितको पुनर्वासका लागि १० लाख र समता शैक्षिक गुठीमा १५ लाख रूपैयाँ योगदान दिएको थियो ।
ओरिएण्टल इन्स्योरेन्सद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
