आई.एम.ई लाइफ इन्स्योरेन्सको नाफा १.०४ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको महाविपत्ति कोषमा २८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ कमिसन प्रदान गरिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा छ र मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ।
आई.एम.ई लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३ अर्ब १९ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
