
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको रकम निक्षेप सङ्कलन उपकरणमार्फत खिच्ने भएको छ।
केन्द्रीय बैङ्कका अनुसार उक्त रकम सङ्कलनका लागि बुधवार दिउँसो ३ बजे अनलाइन बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, ५ करोड रुपैयाँले भाग जाने दरमा कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने एकल तथा बहु ब्याजदर दुवै प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कले जारी गर्न लागेको यो ५६ दिने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २० गते गरिनेछ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट २५ अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
