नेपाल बैङ्क र मेडिकेयर हस्पिटल लि. बिच सम्झौता

नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवार, बैङ्कमा पेन्सन खाता रहेका ग्राहकहरू, बैङ्कको क्रेडिट कार्ड होल्डरहरू र नेपाल बैङ्कका अवकाश प्राप्त कर्मचारीहरूलाई काठमाडौँ चाबहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैङ्कमा पेन्सन खाता रहेका ग्राहकहरू, बैङ्कको क्रेडिट कार्ड होल्डरहरू र नेपाल बैङ्कका अवकाश प्राप्त कर्मचारीहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैङ्कमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x