एनआईसी एशिया बैंकले २:१ हकप्रद शेयर प्रयोजनार्थ तोक्यो बुक क्लोज मिति


एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ आगामी मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी गराएको हो।

तोकिएको बुक क्लोज मितिअनुसार मंसिर ११ गतेभन्दा अघिल्लो कारोबार दिन अर्थात् मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।

बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरको २ः१ (विद्यमान २ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यसैबीच, बैंकले धितोपत्र व्यवसायी (ब्रोकर तथा व्यापारी) हरूलाई समेत उक्त सूचनालाई आधार मानी 'सीएम पुल एकाउन्ट' मा शेयर नराखी सम्बन्धित खरिदकर्ता शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा समयमै शेयर हस्तान्तरण गरिदिन आग्रह गरेको छ। अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी बैंक, शेयर रजिष्ट्रार वा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नहुने बैंकले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x