नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैङ्कले मास्टर कार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको छ । बैङ्कले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेबिट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैङ्क र मास्टर कार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैङ्कको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैङ्कले सुरुआतदेखि नै ग्राहकलाई विश्व स्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।”

मास्टर कार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरू नयाँ डेबिट कार्ड जारी गरी नबिल बैङ्कसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताउनुभयो । मास्टर कार्डमार्फत आफूहरू ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उहाँको भनाइ छ ।

नयाँ डेबिट कार्डमार्फत ग्राहकहरूले मास्टर कार्डको विश्व स्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैङ्किङ सेवाको अनुभव लिन पाउने बैङ्कले जनाएको छ । बैङ्कका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतीक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अङ्कित गरिएको छ । 

मास्टर कार्डको नयाँ डेबिट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेस्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।

नबिल बैङ्क मास्टर कार्डको एक प्रमुख सदस्य हो । नबिल बैङ्क नेपालमा मास्टर कार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैङ्क पनि हो । बैङ्कले मास्टर कार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैङ्कको कुनै पनि शाखा वा एनबैङ्क एपमार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x