ज्योति विकास बैङ्कद्वारा Cardless Cash Withdrawal सेवाको सुरुवात

ज्योति विकास बैङ्कले डेबिट कार्ड बिना नै ATM पैसा निकाल्न सकिने गरी Cardless भुक्तानी सेवाको सुरुवात गरेको छ । सो सुविधा अन्तर्गत ग्राहकले बैङ्कको मोबाइल बैङ्किङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त OTP Code लाई एटिएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैङ्किङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले सो विकास बैङ्कले सो आधुनिक बैङ्किङ सेवा विस्तार गरेको हो। बैङ्कको मोबाइल बैङ्किङ एप Jyoti Smart तथा वेब ब्राउजर jyotismart.jbbl.com.np मार्फत सो सेवा प्रयोग गर्न सक्ने छन् । बैङ्कको मोबाइल बैङ्किङ सुविधा लिएका ग्राहकहरूले सो विकास बैङ्कका देशभर रहेका ७५ वटै एटिएमबाट सो सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैङ्कको सो सुविधा प्रयोग गर्नका लागि Jyoti Smart प्रयोगकर्ताहरूले एप भित्र रहेको Payment आइकनमा थिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात्, ज्योति विकास बैङ्ककै  एटिएममा गई Cardless Transaction चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैङ्किङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त OTP Code राखी इच्छाइएको रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे सँगै बैङ्कले सोही प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटिपि कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्टाई समाजप्रति उत्तरदायी बनेको सो विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। प्रचलित कानुनको पूर्णपुरमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैङ्क सदैव प्रतिबद्ध रहेको छ । ज्योति विकास बैङ्कले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x