
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको मङ्सिर ३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुन बाँकी छ। केन्द्रीय बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीले लाभांश प्राप्त गर्नेछन्।
लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयर धनीलाई लाभांश वितरण गरेको छैन। यसअघि संस्थाले आर्थिक वर्ष २०७८/७९ मा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।
