![]()
नबिल बैङ्क लिमिटेडले आफ्ना तीन संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेका कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। बैङ्कका संस्थापक जीत बहादुर श्रेष्ठका ५० हजार, जिज्ञासा अर्यालका ५० हजार र जश श्रेष्ठका २५ हजार कित्ता शेयर बिक्री प्रक्रिया अघि बढाइएका हुन्।
बैङ्कले सार्वजनिक जानकारी दिँदै ती शेयर खरिदका लागि केवल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र आवेदन दिन मिल्ने व्यवस्था गरिएको जनाएको छ। इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र दरबारमार्ग स्थित बैङ्कको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवालयमा आफूले किन्न चाहेको शेयर सङ्ख्या र प्रस्तावित मूल्य उल्लेख गरी गोप्य शिलबन्दीमा निवेदन बुझाउनु पर्नेछ।
जश श्रेष्ठका २५ हजार कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। बाँकी १ लाख कित्ता शेयरका लागि भने न्यूनतम मूल्य निर्धारण गरिएको छैन। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट इच्छा पत्र नआए बाँकी शेयर सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने नबिल बैङ्कले स्पष्ट पारेको छ।
नबिल बैङ्कको १ लाख २५ हजार संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
