सिद्धार्थ बैङ्कको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


सिद्धार्थ बैङ्क लिमिटेडले २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखेको छ। उक्त शेयर संस्थापक शेयरधनी लीला देवी शारदाको स्वामित्वमा रहेको हो।

बैङ्कले यस अघि नेपाल राष्ट्र बैङ्कको व्यवस्था अनुसार संस्थापक शेयरधनीहरूलाई मात्रै खरिदको अवसर दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणका लागि खुला गरिएको बैङ्कले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेख गरी आगामी सात दिनभित्र बैङ्कको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन पेस गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x