स्वरोजगार लघुवित्तको १७ हजार ३२७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ हजार ३२७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। उक्त शेयर तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कम्पनीले जनाएको हो।

नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार कम्पनीले यसअघि ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको नाममा रहेको ४ हजार ३१४ कित्ता तथा सरस्वती दुवाडीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काभ्रेपलान्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x