
मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८ लाख ३९ हजार ५८३ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै खरिद गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ।
कम्पनीको अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिदका लागि निवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
फाइनान्सले बिक्रीमा राखेको शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त भएमा प्रचलित व्यवस्था अनुसार शेयर हस्तान्तरण प्रक्रिया अगाडि बढाउनेछ।
कम्पनीले स्पष्ट पारे अनुसार निर्धारित समयभित्र संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिनेछ।
