गोर्खाज फाइनान्स लिमिटेडकाे वार्षिक साधारण सभामा आज सम्म कायम शेयरधनीले भाग लिन पाउने

 

ज्ञानमाण्डू। गोर्खाज फाइनान्स लिमिटेडले यहि जेठ २७ गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेष्ठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा जेष्ठ ११ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

कम्पनीले साधारण सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ११:३० बजे आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व. ) २०७७/७८ को संचालक समितिको प्रतिवेदन लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

 

यस संस्थकाे सञ्चालक समितिमा रिक्त हुन गएकाे पदमा सोही सभाबाट संस्थापक शेयरधनीहुरुकाे तर्फबाट प्रतिनिधित्व गर्ने एक जना र सर्वसाधारण शेयरधनीहुरुकाे तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकलाई बाँकी कार्यकालको लागि नियुक्त गर्ने विषयलाई पनि दर्साउने छ।

 

त्यस्तै संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x