श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूह अन्तर्गतको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ।

कम्पनीको अनुसार हालका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन आह्वान गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x