डिप्राेक्स लघुवित्तले आज २१ औँ वार्षिक साधारण सभा गर्दै


डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन ३० गते (आज) २१ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम रु. १३ करोड ८७ लाख ४९ हजार ८३३ रुपैयाँ २८ पैसा बराबरको बोनस शेयर र ११.०५२६३२ प्रतिशतका दरले हुन आउने रकम रु. १५ करोड ३३ लाख ५५ हजार ०८४ रुपैयाँ ७३ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनका लागि चल, अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न संयुक्त प्राप्ति (एक्विजिशन) समितिबाट सम्पत्ति र दायित्व मूल्याङ्कनकर्ता नियुक्ति गरेको र निजको पारिश्रमिक निर्धारण गरेकोमा सञ्चालक समितिको सिफारिस बमोजिम लेखा परीक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाले डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति (एक्विजिशन) समितिको सिफारिसमा सो वित्तीय संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर बराबर आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर हुने गरी शेयर आदान प्रदान अनुपात १:१ कायम गरी आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १६ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x