आजसम्म कायम शेयरधनीले लुम्बिनी विकास बैङ्कको साधारण सभामा भाग लिन पाउने



लुम्बिनी विकास बैङ्क लिमिटेडले यही पौष २६ गते मंगलबारकाे दिन १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा अमृतभाेग, कालिकास्थान, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफाबाट ९ प्रतिशतले हुन आउने रकम रु. २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ ९९ पैसा बराबरकाे नगद लाभांश (कर प्रयाेजनार्थ समेत) र ३ प्रतिशतले हुन आउने रकम रु. ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ ३३ पैसा बोनस शेयर गरी जम्मा १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले अन्य बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न, सम्पत्ति तथा दायित्व तथा काराेबारकाे मूल्याङ्कन गर्नलाई मूल्याङ्कनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x