संस्थापक शेयर बिक्री गर्दै हिमालयन बैङ्क



हिमालयन बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका ६ जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०७ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०७ असारबाट बैङ्कको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x