संस्थापक शेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैङ्क

मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०३ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले  ०३ असारबाट बैङ्कको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x