संस्थापक शेयर बिक्री गर्दै प्रभु बैङ्क



प्रभु बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले ६ लाख ०१ हजार २३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका चार जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा १० असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १० असारबाट बैङ्कको केन्द्रीय कार्यालय, बबरमहल, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x