ज्योति विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

ज्योति विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष २२ गते, शुक्रवारको दिन बसेको सञ्चालक समितिको ४४० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ६.८० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
 
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने रकम रु. १२ करोड ८० लाख ३२ हजार ५९९ रुपैयाँ बराबरको बोनस शेयर र ३.८० प्रतिशतले हुन आउने रकम रु. १६ करोड २१ लाख ७४ हजार ६२५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ६.८० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने ज्योति विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
 
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ज्योति विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x