नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको १ लाख ५१ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

Nepal Investment Mega Bank Ltd. (NIMB) is selling its promoter Shares
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

बैङ्कले संस्थापक समूह अन्तर्गतको उक्त शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो। हाललाई बैङ्कका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैङ्कमा आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयर धनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित नियमअनुसार बाँकी प्रक्रिया अघि बढाइने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x