एनएमबि लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष २७ गते, बुधवार साँझ ७:३० बजे बसेको सञ्चालक समितिको १३३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १०.५२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ २० पैसा बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. ३४ लाख ५१ हजार ९०९ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १०.५२६३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २१.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.१३ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x