छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा


छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री प्रक्रिया सुरु गरेका छन्। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रै इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार संस्थापक शेयरधनी पवन कुमार शर्माले ८ हजार ९६ कित्ता सेयर न्यूनतम प्रतिकित्ता ५०० रुपैयाँका दरले बिक्री गर्न प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव सञ्चालक समितिबाट स्वीकृत भएसँगै बिक्री प्रक्रिया अघि बढाइएको हो।

कम्पनीले विद्यमान नियमअनुसार संस्थापक सेयर खरिदमा हालका संस्थापक लगानीकर्तालाई पहिलो प्राथमिकता दिइने स्पष्ट पारेको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, मध्य बानेश्वर, काठमाडौँमा आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाउनुपर्ने व्यवस्था छ।

यदि तोकिएको अवधिभित्र संस्थापक समूहबाट पर्याप्त माग नआएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x