पोखरा फाइनान्सको २ लाख २३ हजारभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


पोखरा फाइनान्सले २ लाख २३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

फाइनान्सका संस्थापक शेयर धनी मनबहादुर गुरुङको नाममा रहेको १ लाख ६६ हजार ५६.९४ कित्ता र नारायणबाबु लोहनीको नाममा रहेको ५७ हजार ५११.१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यस अघि ३५ दिने सूचना जारी गर्दै संस्थाका विद्यमान संस्थापक शेयर धनीलाई बिक्रीका लागि प्रस्ताव गरिएको उक्त शेयर तोकिएको अवधिभित्र बिक्री नभएपछि फाइनान्सले ७ दिने सूचना जारी गर्दै सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको कमलादीस्थित फाइनान्सको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x