
मञ्जुश्री फाइनान्स लिमिटेडले आईब्रोक्स इन्टरनेशनल प्रा.लिको स्वामित्वमा रहेको १ हजार ८६५ कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुला गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै आवेदन प्राप्त नभएपछि सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि पनि खरिदको अवसर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ। आवेदनका आधारमा कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ।
मञ्जुश्री फाइनान्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
