आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ।

संस्थाका अनुसार उक्त शेयर खरिदमा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिइएको छ। इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक विवरणसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

आवेदन दिने स्थान संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलान्चोक तोकिएको छ, जहाँ आवेदकले आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

यद्यपि, बिक्रीमा राखिएको कुल शेयर सङ्ख्या भने संस्थाले सार्वजनिक गरेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x