
प्राइम कमर्सियल बैङ्क लिमिटेडले संस्थापक समूहअन्तर्गतको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैङ्कले एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको जनाएको छ।
बैङ्कको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्री खुला गर्ने निर्णय गरेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैङ्कको कम्पनी सचिवको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ। बैङ्कले बिक्रीमा राखिएको संस्थापक शेयरको सङ्ख्या भने सार्वजनिक गरेको छैन।
प्राइम कमर्सियल बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
