एनएमबि बैङ्क लिमिटेडको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा


एनएमबि बैङ्क लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयर संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको हो।

प्रचलित व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने भएकाले हाल यसमा एनएमबि बैङ्कका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने बैङ्कले जनाएको छ।

इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएमा भने प्रचलित नियमअनुसार सर्वसाधारणका लागि शेयर बिक्री प्रक्रिया अघि बढाइने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x