संस्थापक शेयर बिक्री गर्दै कुमारी बैङ्क


कुमारी बैङ्क लिमिटेडले आफ्नो नाममा रहेको ७ हजार ८८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने भएकाले सोहीअनुसार शेयर बिक्री खुला गरिएको बैङ्कले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिस्ट्रार) वा टंगालस्थित बैङ्कको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयरको मूल्य बिक्रेताले तोके अनुसार कायम हुनेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत शेयर बिक्री प्रक्रिया खुला गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x