प्राइम कमर्सियल बैङ्कलाई ३ अर्ब रुपैयाँको डिबेन्चर निष्कासन गर्न सेबोनको अनुमति


प्राइम कमर्सियल बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।

बोर्डले बैङ्कलाई असार ३ गते प्रति ऋणपत्र १ हजार रुपैयाँ अङ्कित मूल्यका कुल ३ लाख कित्ता ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो। बैङ्कले ‘६.२५ प्रतिशत प्राइम डिबेन्चर’ नामको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ।

निष्कासन हुने कुल ऋणपत्र मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरका ऋणपत्र निजी तवरबाट विभिन्न व्यक्ति तथा संस्थागत लगानीकर्तालाई बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरका ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत उपलब्ध गराइने बैङ्कले जनाएको छ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x