सिभिल बैङ्ककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिभिल बैङ्क लिमिटेडले यही पौष २८ गतेको दिन १२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १९ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा अमृतभाेग, कालिकास्थान काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. ४५ करोड ३७ लाख ९२ हजार १९४ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र ०.२६ प्रतिशतले हुन आउने रकम रु. २ करोड ३८ लाख ८३ हजार ७९९ रुपैयाँ ७१ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ५.२६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

यस सिभिल बैङ्क लिमिटेडलाई हिमालयन बैङ्क लिमिटेडले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा यस बैङ्ककाे सञ्चालक समितिले स्वीकृत गरे बमोजिम यस सिभिल बैङ्क लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन बैङ्क लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००:८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x