कुमारी बैङ्कले घोषणा गर्‍यो २.१०५३ प्रतिशत नगद लाभांश

8,712 Units Promoter Shares on Sale : Kumari Bank Limited
कुमारी बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयर धनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैङ्कको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा करसमेत समावेश गरिएको बैङ्कले जनाएको छ।

हाल बैङ्कको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीका आधारमा प्रस्तावित नगद लाभांश वितरण गरिनेछ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट प्रस्ताव अनुमोदन भएपछि मात्रै शेयर धनीलाई लाभांश वितरण गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x