
एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो पुँजी संरचना सुदृढ गर्ने उद्देश्यसहित ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैङ्कले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैङ्कसँग अनुमति माग गरेको हो।
पुस २० गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव स्वीकृत गर्दै नियामक निकायसँग आवश्यक स्वीकृतिका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको बैङ्कले जनाएको छ।
हाल बैङ्कको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। सोही आधारमा बैङ्कले करिब ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ।
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि तथा बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया सुरु गरिने बैङ्कले जनाएको छ।
एनआईसी एशिया बैङ्कद्वारा ५०% हकप्रद शेयर जारी गर्ने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
