विजय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र २८ गते दसौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १६ गते देखि चैत्र २८ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र १५ गतेसम्म (आज सम्म) कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा विजय विकास स्रोत केन्द्र, गैडाकाेट-८ नवलपरासीमा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने रकम रु. ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताले तयार गरेको चल अचल सम्पत्ति तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात १:१ लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x