कुमारी बैङ्कको संस्थापक शेयर आज देखि लिलामीमा



कुमारी बैङ्क लिमिटेडको संस्थापक शेयर वैशाख १५ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।

लिलामी मार्फत विक्री हुन लागेको बैङ्कको २९ लाख ६५ हजार ४२० कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ११९ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरू अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा सङ्गठित संस्थाहरूले जेठ ०२ गते सम्ममा बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि र सो भन्दा बढी लागि १ हजारको गुणनमा वा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नु पर्ने बैङ्कले बताएको छ ।

यस कम्पनीको बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x