
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को बाँडफाँट सम्पन्न भएको छ। एफपिओ बाँडफाँट आज शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा गरिएको हो।
कम्पनीको एफपिओमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेका थिए। तीमध्ये २१ लाख ९६ हजार ३६ आवेदन योग्य ठहर भएका छन्। सदर आवेदकमध्ये ४६ हजार ६८१ जनालाई कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर वितरण गरिएको छ।
बाँडफाँट प्रक्रियामा अधिकांश आवेदकले न्यूनतम कित्ता प्राप्त गरेका छन् भने ७ जना आवेदकलाई अतिरिक्त ११ कित्ताका दरले शेयर परेको छ। मागभन्दा अत्यधिक आवेदन परेपछि एफपिओ गोला प्रथा विधिमार्फत बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
विजय लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न, ४६ हजार भन्दा बढीले पाए शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
