साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल कार्तिक २८ गते बसेको सञ्चालक समितिको ३७४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १०.३५८३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस शेयर र ५.३५८३ प्रतिशतले हुन आउने रकम रु. १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ ३० पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १०.३५८३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x