आजसम्म कायम शेयरधनीले मल्टिपर्पस फाइनान्सकाे साधारण सभामा भाग लिन पाउने

मल्टिपर्पस फाइनान्स लिमिटेडले यही पौष ३० गते शनिबारकाे दिन २५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।

कम्पनीको चुक्ता पुँजीको  १:०.३५ (अर्थात् १ शेयर बराबर शून्य दशमलव पैँतिस शेयर वा प्रत्येक शेयरको ३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी तथा चुक्ता पुँजी वृद्धि गरी रु. ६१ करोड २ लाख पुर्‍याउने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्थाको हालको पुँजी संरचना संस्थापक शेयरधनी तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनी तर्फ ४० प्रतिशत रहेकोमा सो पुँजी संरचना शेयरधनी तर्फ ५१ प्रतिशत र सर्वसाधारण शेयरधनी तर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x