साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल कार्तीक २६ गते, बसेको सञ्चालक समितिको ७३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को वितरण योग्य मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने रकम रु. ६१ करोड ४५ लाख ४८ हजार ५६५ रुपैयाँ ७१ पैसा बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने रकम रु. ३ करोड २३ लाख ४४ हजार ६६१ रुपैयाँ ३५ पैसा बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x