पोखरा फाइनान्सकाे लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

पोखरा फाइनान्स लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष ०४ गते, बेलुकी ५:०० बजे बसेको सञ्चालक समितिको ५१२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ४.२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने रकम रु. ४ करोड १६ लाख ३६ हजार ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र ०.२१ प्रतिशतले हुन आउने रकम रु. २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनको लागी) गरी जम्मा ४.२१ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने पोखरा फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा पोखरा फाइनान्स लिमिटेडले चुक्ता पुँजीको ८.०७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.४२५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x