
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण तथा शेयरधनीका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी साधारण सभा आह्वान गरेको हो।
कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले धुलिखेल लज रिसोर्ट, काभ्रेपलान्चोकमा दिउँसो १ बजे साधारण सभा गर्ने निर्णय गरेको छ।
सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू अनुमोदन गर्ने प्रस्ताव पेस गरिनेछ। साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा रहेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ। उक्त प्रस्ताव पारित भएमा सोही बराबरको रकम बराबरको नयाँ शेयर निष्कासन गरिनेछ।
हकप्रद शेयर निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ। त्यसै गरी, प्रबन्ध पत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि छलफलका लागि राखिएको छ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार असार १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावमा मतदान गर्न योग्य हुनेछन्।
विजय लघुवित्तले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
