नेपाल इन्भेष्टमेण्ट बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

नेपाल इन्भेष्टमेण्ट  बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ११ गते, दिनको ५:०० बजे देखि ६:०० बजेसम्म बसेको सञ्चालक समितिको ५७८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ११ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
 
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनार्थ समेत) र ४ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर गरी जम्मा ११ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो । 
 
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडले चुक्ता पुँजीको १२.६११ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ३.३८९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
 
त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडले यही पौष ०७ गते ३६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर २१ गते देखि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा मङ्सिर २० गतेसम्म कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x